दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी मैतीदेवी कम्प्लेक्समा कारोबार सुरु

काठमाडौं । दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी मैतीदेवी कम्प्लेक्समा शनिबारदेखि कारोबार सुरु गरिएको छ । कम्प्लेक्सले दशैं, तिहार धमाका उपहार योजना पनि ल्याएको जनाएको छ ।


कम्प्लेक्समा ५ सय रुपैयाँको सामाग्री खरिदकर्ताले कुपन प्राप्त गर्ने र लक्की ड्र मार्फत घरायसी सामाग्री उपहार प्राप्त गर्न सक्ने जनाइएको छ । २८ वटा पसल रहेको कम्प्लेक्समा ब्राण्डेड र साधारण खालका सामाग्री रहेका छन् ।

 

– RSS