
– नुन सोमै मगर
बिगत बर्षहरुमा झैँ यस वर्ष पनि मुस्लिमहरुको दोस्रो महान चाड बकरी ईदको अवसरमा युएईको मातहतमा मगर संघ दुबई क्षेत्रीय समितिले प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

प्रतियोगिता आउँदो अक्टोबर २६ र २७ तारिखमा बलदिया भलिबल खेल मैदान अल्कुश दुबईम हुने भएको आयोजकले जनाएको छ ।
सम्पूर्ण भलिबल खेल प्रेमीहरुलाई आ-आफ्नो टिम लिएर आई खेलको शोभा बढाई दिनु हुन् मगर संघ युएईले युएईस्थित सबै संघ संस्था तथा खेल प्रेमीहरुलाई अनुरोध गरेको छ ।

टिम दर्ता गराउँदा प्रति टिम १५० दिरहाम शुल्क लाग्ने छ । प्रतियोगीतामा प्रथम , दोस्रो र तेस्रो हुनेलाई नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ । मगर संघ युएई केन्द्रीय समितिको पूर्ण सहयोगमा मगर संघ दुबई क्षेत्रीय समितिको आयोजनामा प्रथम शहिद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता बार्षिक रुपमा खेलाउदै आएको छ ।




