पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आजबाट नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव शुरु भएको हो । महोत्सवको पुर्व सन्ध्यामा आज पोखरामा नवदुर्गा शोभायात्रा निकालियो ।
नवदुर्गा शोभायात्रामा ९ वटा देवीको मुर्ति बनाई रथारोहण गराइएको थियो ।
विभिन्न समूदायका झाँकीसहितको शोभा यात्राले नगरपरिक्रमा गरेको थियो ।
महोत्सव अवधिभर सहभागीहरुको रक्त संकलन गरिनेछ । मन्दिरमा जाँदा र फर्कदा मानिसमा कस्तो प्रभाव पर्छ भन्नेबारे अनुसन्धान गर्न रक्त संकलन गर्न लागिएको हो ।
– RSS