मरुहिटी चेस सुरु

मरुहिटी क्लबको ४३ औँ वार्षिकीत्सोवको अवसरमा खुल्ला बुद्धिचाल प्रतियोगिता मंगलबार मरुहिटीको ढुङगेधारामा सुरु भएको छ ।

 

प्रतियोगिता अन्तर्गत पहिलो दिन राजन पुरी हेराकाजी महर्जन  जर्नादन श्रेष्ठ  सीताराम अग्रवाल  लवकुमार श्रेष्ठ हिमाल लामा  विवेक लामा  अरविन्दलाल जोशी  श्यामकृष्ण नापित  सुदिप बज्रचार्यले आ-आफनो खेलमा विजयी भएका छन् । विजयी खेलाडीहरुले एक अंक जोडेका छन् ।

 

स्वीसलिग सात चरणको खेल हुने प्रतियोगिता कार्तिक ५ सम्म चल्नेछ । जसमा उपत्यकाका ३२ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद १० हजार रुपियाँ  दोस्रोले ७ हजार रुपियु प्राप्त गर्नेछ ।

 

यसअघि आयोजक क्लबका अध्यक्ष मनिश्री रत्न बज्रचार्यको सभापतित्वमा एक समारोहवीच ऐतिहासिक मरुहिटी ढुङगेधारामा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी र स्थानिय अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडी जनार्दन श्रेष्ठले संयुक्त रुपमा प्रतियोगिता उद्घाटन गर्नुभयो ।