मुम्बई – पोर्न स्टारबाट पुजा भट्टको फिल्म जिस्म २ हुँदै बलिउड छिरेकी सन्नी लिओन अहिले बलिउड डान्स सिक्दैछिन्। ‘म अहिले सविना खानसँग बलिउड डान्स सिकिरहेकी छु,’ सन्नीले भनिन्, ‘मलाई निक्कै रमाइलो लागिरहेको छ। बलिउड फिल्मका लागि म तयारी गर्दैछु।’
निलो फिल्मकी हिरोइनलाई बलिउडका आइटम गीतमा नाच्न अफर आयो भने ? उनले भनिन्, ‘मैले भनिहाले नि मलाई नाच्न मन पर्छ। म आइटम डान्सका लागि पनि तयार छु। मैले केही समयका लागि आइटम डान्स नगर्ने सम्झौता गरेको छु। सम्झौताको म्याद सकिएपछि पक्कै पनि म बलिउडमा नाच्नेछु।’
– एजेन्सी