आज बडादसैँ अन्तर्गत सप्तमी-फूलपाती, देशैभरी फूलपाती भित्राइयो


काठमाडौं । वीरगञ्जमा पनि बाजागाजासहित उपमहानगरपालिकास्थित मालपोत कार्यालयमा फूलपाती भित्र्याइएको छ । पर्वतको शिवालय गाबिसको रोहोटे कोट मन्दिरबाट ल्याइएको फूलपाती बाजागाजासहित सदरमुकाम कुस्माबजारको बड्गाउँ चौरमा रहेको चण्डिका भगवती मन्दिरमा भित्र्याइएको छ ।


सुनसरीको इटहरीमा गरिने सामुहिक दुर्गा पूजास्थलमा धुमधामका साथ फूलपाती भित्रयाइएको छ । पूर्वाञ्चलकै केन्द्रविन्दु मानिने इटहरीमा १६ वर्षदेखि सामूहिक दुर्गा पूजा गरिदै आएको छ ।


बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको वगलामुखी भगवती देवीको मन्दिर र कोटही देवीको मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । सो अवसरमा फूलपाती र मौला पूजा गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा वगलामुखी भगवती, कोटही भगवती देवीलगायत जिल्लाका देवीलाई सलामी अर्पण गर्दै मन्दिरमा बोकाको बली चढाइयो ।


नेपालगन्जको बोगेश्वरी मन्दिरमा पनि फूलपाती भित्राएर हर्षबढांई गरियो । पोखराको विध्याबासिनी मन्दिरमा पनि धार्मिक बिधि अनुसार फूलपाति भित्र्याईयो ।


पोखरास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न गण तथा गुल्मका प्रहरी र नेपाली सेनाका पदाधिकारीका साथै सरकारी अड्डाका प्रमुखको उपस्थितिमा फूलपाति भित्र्याईएको हो ।

 

काठमाडौंको ऐतिहासिक हनुमानढोका दरवारभित्रको दशै घरमा आज फूलपाती भित्र्याइयो । गोरखा दरवारबाट धादिङ हुँदै ल्याइएको फूलपाती जमलको जम्लेश्वर महादेवमा पूजा गरी हनुमानढोका दरबारमा भित्र्याइएको हो ।

 

दशै घरका एक जना बाहुन र चार जना मगर पुजारीसहित सांस्कृतिक भेषभुषामा सजिएका महिलाहरुले फूलपाती ल्याउने परम्परा छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि यसरी गोर्खाबाट काठमाडौंको हनुमानढोकामा फूलपाति भित्र्याउने परम्पार बसेको हो ।

 

गोरखाबाट जमल ल्याइएको फूलपाती लिन हनुमानढोकाबाट गुरुजु पल्टन र बाजागाजासहितको सांस्कृतिक टोली गएको थियो । हनुमानढोकाको नासलचोकमा फूलपातीलाई बैदिक परम्परा अनुसार पूजाआजा गरी मूलचोकमा तान्त्रिक विधिअनुसार पूजा गरी बोकोसमेतको बली दिएको थियो ।

 

त्यसपछि तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरुले मौलो पूजाका लागि फूलपाति आ