काठमाडौंको ऐतिहासिक हनुमानढोका दरवारभित्रको दशै घरमा फूलपाती भित्र्याइयो


काठमाडौं । काठमाडौंको ऐतिहासिक हनुमानढोका दरवारभित्रको दशै घरमा आज फूलपाती भित्र्याइयो । गोरखा दरवारबाट धादिङ हुँदै ल्याइएको फूलपाती जमलको जम्लेश्वर महादेवमा पूजा गरी हनुमानढोका दरबारमा भित्र्याइएको हो ।


दशै घरका एक जना बाहुन र चार जना मगर पुजारीसहित सांस्कृतिक भेषभुषामा सजिएका महिलाहरुले फूलपाती ल्याउने परम्परा छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि यसरी गोर्खाबाट काठमाडौंको हनुमानढोकामा फूलपाति भित्र्याउने परम्पार बसेको हो ।


गोरखाबाट जमल ल्याइएको फूलपाती लिन हनुमानढोकाबाट गुरुजु पल्टन र बाजागाजासहितको सांस्कृतिक टोली गएको थियो । हनुमानढोकाको नासलचोकमा फूलपातीलाई बैदिक परम्परा अनुसार पूजाआजा गरी मूलचोकमा तान्त्रिक विधिअनुसार पूजा गरी बोकोसमेतको बली दिएको थियो ।


त्यसपछि तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरुले मौलो पूजाका लागि फूलपाति आ