चर्चित भारतीय निर्देशक यश चोपडाको निधन


नयाँ दिल्ली – जब तक है जान फिल्मलाई आफ्नो अन्तिम फिल्मको घोषणा गरेका  चर्चित भारतीय निर्देशक यश चोपडाको उक्त फिल्म रिलिज हुनुअघि नै निधन भएको छ। ८० वर्ष उमेर उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो।


बलिउडमा उत्कृष्ट प्रेम कथा र एक्सन ड्रामाको निर्देशन गरेका उनी ९ दिनअघि अस्पताल भर्ना भएका थिए। उनी आफ्नो फिल्मको स्विटजरल्यान्डमा हुन बाँकी सुटिङमा सहभागी भएका थिएनन्। सन् १९३२ मा लाहोरमा जन्मिएका चोपडाले आफ्नै दाजु बीआर चोपडाको सहायक हुँदै फिल्मी करिअर सुरु गरेका थिए।

 

दिवार, त्रिशुल, चाँदनी, सिलसिला, वीरजारालगायतका फिल्म उनले बनाएका थिए। उनकी पत्नी पामेला र दुई छोरा आदित्य र उदय फिल्म उद्योगमा छन्।

 

– एजेन्सी