रजस्वला भएका महिला पनि पूजाको लागि आउने भन्दै जनकपुरको मन्दिरमा महिलालाई कोजाग्रत पूर्णिमासम्म प्रवेश निषेध

जनकपुरको मन्दिरमा महिलालाई प्रवेश निषेधजनकपुरधाम । जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भिड लागेपनि जनकपुरको राजदेवी मन्दिरमा भने घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिएको परम्परा कायमै छ ।

त्रेतायुगमा राजा जनकको कुलदेवीको रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको राम मन्दिरका पुजारीको भनाई छ ।



त्यस्तै जनविश्वास अनुसार रजस्वला भएका महिला पनि पूजाको लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो । महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने जोडदार माग जनकपुरवासीले गरेका छन् ।

 

– RSS