अन्तर्राष्ट्रिय विश्व एघार विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पाकिस्तान अलस्टार एघार विजयी

अन्तर्राष्ट्रिय विश्व एघार विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान अलस्टार एघार विजयी भएको छ । गएराति कराँचीमा भएको खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको हो ।

 

खेलमा पहिले ब्याटिङ्ग गरेको सनथ जयसूर्याको नेतृत्वको विश्व एघारले ९ विकेट गुमाएर १ सय ४२ रन बनायो । एघारौं ब्याट्सम्यान नान्टी हेवार्डले १६ बलमा अविजित रहँदै शानदार ४२ रनको इनिङ्ग खेले । पाकिस्तानका लागि फराज अहमदले ३ विकेट लिए ।

 

जवाफमा पाकिस्तानले १६ ओभर ४ बलमै ४ विकेट गुमाएर विजय हासिल ग