दसैंमा जुवातास खेल्नेमाथि प्रहरीको निगरानी, १६ जनालाई नियन्त्रणमा

काठमाडौ  – दसैंमा जुवातास खेल्नेमाथि प्रहरीले निगरानी बढाएको छ। दसैंको फूलपातीको दिन नयाँ नैकाप ६ स्थित सरोज थापाको घरमा जुवा खेलिरहेका १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


राजन कार्कीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो। खालबाट प्रहरीले १ लाख ८ हजार ३ सय ८० रुपियाँ र ५ बुक तास जफत गरेको छ।

 

– RSS