काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्तिको कामना गर्दै सबै नेपालीले सम्मृद्ध होउन् भन्ने कामना गरेका छन् । महाअष्टमीका दिन पूर्वरानी कोमलका साथ काठमाडौंको विभिन्न शक्तिपीठको दर्शनगरी भद्रकाली मन्दिर परिसरमा उनले संचारकर्मीसँग यस्तो कामना गरेका हुन् ।
शाहले असत्यमाथि सत्यको विजय होस भन्ने कामना गरेपनि अरु राजनीतिक प्रतिक्रिया भने दिएनन् । पूर्व राजदम्पतीले नक्साल भगवती, मैतिदेवी, गुह्ेश्वरी, कालिकास्थान, भद्रकाली, महाँकाल भैरव, संकटा, नरदेवी, रक्तकाली, शोभा



