प्रधानमन्त्री भट्टराइले बडा दशैको अवसरमा आफ्ना ८२ बर्षीय पिता भोजप्रसाद भट्टराईसंग टिका लगाए

काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराइले दशैं र तिहारको बिचमा दलहरुबीच सहमति हुने दावी गर्नुभएको छ । बडा दशैको अवसरमा आफ्ना ८२ बर्षीय पिता भोजप्रसाद भट्टराईसंग टिका लगाएपछि सन्चारकर्मीसंग कुरा गर्दे प्रधानमन्त्री भट्टराइले दलहरुवीचमा दशै लगत्तै गम्भीर छलफल हुने भन्दै उहाँले तिहारसम्म सहमतिमा पुगीने बताउनुभयो ।


संविधान सभाको पुनस्थापना गरेर संवीधान जारी गरी व्यवस्थापिका संसदको निर्वाचन गर्ने या ऐन कानुन संसोधन गरेर संविधानसभाको निर्वाचन गर्ने भन्नेमा दलहरुवीच छलफल चलिरहेको स्मरण गर्दे प्रधानमन्त्रीले आफु र आफ्नो पार्टी जुनसुकै बिकल्पमा जान तयार रहेको स्पष्ट पार्नुभयो ।


पुनस्थापनामा सहमति नभए बैशाखसम्म निर्वाचन गर्नुपर्ने उहाँको भनाई थियो । प्याकेजमै सहमति गर्नुपर्ने भन्दै प्रधानमन्त्री भट्टराइले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हठ कसैले राख्न नहुने बताउनुभयो । टिका लगाउन प्रधानमन्त्री भट्टराई पत्नी हिशिला यमी र छोरी मानुशी यमी भट्टराइका साथ भाइको घर कोटेश्वर पुग्नुभएको हो ।