प्रसिद्ध भारतीय हास्य कलाकार जसपाल भट्टीको सडक दुर्घट्नामा निधन


 

काठमाडौ  – प्रसिद्ध भारतीय हास्य कलाकार जसपाल भट्टीको बुधबार राति सडक दुर्घट्नामा निधन भएको छ ।

 

पंजाबको जालधंर नजिक शाहकोटमा उनको कार दुर्घट्ना भएको हो । दुर्घट्नामा उनको छोरा समेत घाइते भएका छन् ।

 

प्राप्त समाचार अनुसार उनी आफ्नो फिल्म ‘पावर कट’ को प्रचारका लागि पंजाबको मोगाबाट जालंधर जाँदै थिए ।

 

भट्टी समसामयिक विषयमा कडा व्यंग्य गर्दै टिभी शो हरु चलाउाथे । उनले कतिपय फिल्ममा पनि हाँस्यकलाकारको भूमिकमा देखिएका छन् ।

 

– Agencies