नेपाली कथानक चलचित्र उर्बशिको बुटबलबाट शुभमुहुर्त

– उमाकान्त पाण्डे गाउंले र बाबुराम गैरे


नेपाली कथानक चलचित्र उर्बशिको बुटबलबाट शुभमुहुर्त गरिएको छ ।


हिमगिरि फिल्मसको ब्यानरमा खगेस्वर पुनले निर्माण गर्ने चलचित्र उर्बसिको आज निखिलेश्बर मन्दिर बुटबलमा सुभमुहुर्त गरिएको हो ।


हामि मन, वचन र कर्मले आपनो जिम्मेबारि पुरा गर्नेछौ भनेर कलाकारहरुले दिएको अभिनयबाट चलचित्रको सुभ मुहुर्त गरिएको हो ।


सुबर्णमान शाक्यको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा बिसिष्ट अतिथि ईलाका प्रहरि कार्यलय बुटबलका प्रहरि निरिक्षक रामेश्वर कार्की साथै प्रकाश थापा, कृष्ण श्रेष्ठ, मनोज श्रेष्ठ,रोहित पुरि,राजेश बिक, सन्तोष अग्रहरि लगायतका चलचित्रकर्मिहरुले बन्दै गरेको चलचित्र उर्बसिको सफलताको कामना गरेका थिए।


चलचित्र उर्बसिमा किसोर खतिबडा, निता ढुंगाना, मुकेश आचार्य, अरुणिमा लम्साल, किशोर श्रेष्ठ लगायतका कलाकारले मुख्य अभिनय गर्ने तय भएको छ ।  चलचित्रको लेखन तथा निर्देसन मनिश पन्तले गरेका छन । कार्यक्रमको संचालन खेमराज रेग्मिले गरेका थिए ।