इस्लाम धर्मावलम्बीको महान चाड बकर इदको अवसरमा नेताहरूद्धारा शुभकामना व्यक्त

काठमाडौं – इस्लाम धर्मावलम्बीको महान चाड इद उल अजा (बकर इद) को अवसरमा विभिन्न नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

 

शनिबार वितरित विज्ञप्तिमा कांग्रेस सभापति सुशील कोइरालाले मुलुकको संक्रमणकालीन अवस्थालाई निकास दिन यो चाडले जिम्मेवार पक्षलाई इमान्दारीपूर्वक क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् । वरिष्ट नेता शेरबहादुर देउवाले आपसी मित्रता र विश्वासको अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विचार व्यक्त गरेका छन् ।

यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका शरत्सिाह भण्डारीले त्याग, वलिदान एवं समर्पणको पर्वले देशमा मेलमिलाप, भाइचाराको परम्परालाई मजबुत बनाउनेमा विश्वास लिएका छन् । सद्भावना पर्टीका अध्यक्ष राजेन्द्र महतोले पनि इद उल अजाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


नेपाल सरकारले आइतबार बकर इदको अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको छ । रासस