पोखरा । कोजाग्रत पुर्णीमाको अवसरमा पोखराको फेवाताल विचमा अवस्थित प्रसिद्ध तालवराही मन्दिरमा आज मेला लागेको छ ।
आजको दिन मन्दिरमा पूजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने मान्यताका कारण दर्शनार्थीहरुको ठूलो भिड लागेको छ । पोखरामा दशैंको टीका र जमरा विसर्जनका लागि पनि तालबाराही मन्दिरमा भक्तजनहरु आउने गर्छन । भक्तजनको घुईचोका कारण फेवातालका डुङ्गाहरु आज भने व्यस्त देखिएका छन् ।
– RSS