काठमाडौं । ललितपुरको जावलाखेलमा आजदेखि छैटौं राष्ट्रिय गोदावरी पुष्प मेला सुरु भएको छ ।
आइतबारसम्म चल्ने मेलामा २० हजारभन्दा बढीले अवलोकन गर्ने र २० लाख भन्दाबढीको कारोबार हुने दावी आयोजकको छ ।
कृषि विभाग र फ्लोरिकल्चर एसोसियसन अफ नेपालले आयोजना गरेको मेला जावलाखेलको खेल मैदानमा लागेको छ । मेलामा विभिन्न प्रकारका फूल तथा फूलखेतीका लागि चाहिने औजार, मल, विषादी लगायतका २५ भन्दा बढी स्टल छन् ।
– RSS