काठमाडौँ । गैरसरकारी क्षेत्रले मुलुकभर बाल दुव्र्यवहारविरुद्धको १९ दिने अभियान सुरु गरेका छन् । अभियानको सुरुवात बिहीबार वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मैनबत्ति प्रज्वलन गरेर गरेका थिए ।
राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा महको जोडीले देशमा राजनीतिक अवस्था राम्रो नभएकाले बालबालिकाको अवस्था पनि ठीक नभएको बताएका थिए । उनीहरुले बालबालिकालाई दुव्र्यबहार गर्नेलाई प्राणी समेत भन्न नमिल्ने बताए ।



