स्याण्डी आँधीका कारण न्यूयोर्कमा चर्चित म्याराथन प्रतियोगिता रद्ध

अमेरिका  । अमेरिकामा स्याण्डीबाट मर्नेेको संख्या एक सय नाघेको छ । अमेरिकाको कयौ राज्यमा भिषण आँधी र अबिरल बर्षा हुँदा ती व्यक्तिहरुको ज्यान गएको हो । ४० जनाको मृत्यु भएको शहर न्यूयोर्कमा चर्चित म्याराथन प्रतियोगिता पनि रद्ध गरिएको छ ।


स्याण्डीले शहरलाई अस्तव्यस्त बनाएकाले यस्तोमा म्याराथन सार्नैपर्ने बाध्यता परेको मेयर माइकल ब्लुमबर्गले बताएका छन् । विश्वकै चर्चित र ठूलो मध्येको एक न्युयोर्क म्याराथनमा यो वर्ष ४७ हजार धावक सहभागी हुने तय भएको थियो ।

 

-Agencies