भक्तपुर – तिहारमा आवश्यक पर्ने सामग्री एकैथलामा उपलब्ध गराउन बुधबारदेखि सूर्यविनायकमा दीपावली मेला हुने भएको छ ।
गंगा महिला हस्तकला तथा तालिम केन्द्रकी प्रमुख गंगादेवी माकले जिल्लाका दुई नगरपालिका र १६ गाविस क्षेत्रका उपभोक्तालाई सहज, सर्वसुलभ, गुणस्तरीय सामान एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेको बताइन् । मेलामा तिहारका लागि आवश्यक फूल, फूलको माला, पाला, भोगटे, बिमिरो, टीकाका सामग्री, मैनबत्ती, दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीदेखि विभिन्न सामानहरूको स्टल रहनेछ ।



