सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियानले) मकवानपुर जिल्लाको हेटौडा नगरपालिका सहित जिल्लाको ४३ वटै गा.वि.समा अभियानको विभिन्न रचनात्मक कार्यक्रमहरू संचालन गर्ने अभिष्ट भए अनुसार कार्तिक २१ गते मनहरी गा.वि.समा आफ्नो अभियान विस्तार गरेको छ।
मनहरी गा.वि.समा रहेको महेन्द्र किरण उच्च मा.विका कक्षा ९ र १० का १५० विद्यार्थी र शिक्षकहरू माझ ३ दिन,कार्तिक २३ गते सम्म विध्यार्थीको चरित्रनिर्माण र क्षमता विकास कार्यक्रम संचालन गरिने अभियानका मकवानपुर जिल्ला कार्यसमिति सचिव अर्जुन प्रसाद दाहालले जानकारी गराउनु भयो।
कार्यक्रमको सहजिकारण अभियानका अभियन्ताहरू सह-प्रशिक्षक समुना वर्तौला,सह- प्रशिक्षक रूपा के.सी र केन्द्रिय सचिव एंव प्रमूख प्रशिक्षक रामजी अघिकारीले गर्नु भएको कार्यक्रमको व्यवस्थापन अर्जुन प्रसाद दाहालले गर्नु भएको थियो।
पहिलो दिनको कार्यक्रम नै विद्यार्थीको विचार शुद्दिकारण,चरित्र निर्माण,क्षमता विकास, र समाजको सकारात्मक रूपान्तरणमा कोशे ढुङगा भएको र तीन दिनको कार्यक्रमले विद्यालयको वातावरण सुधार,विद्यार्थीको व्यक्तित्व विकासमा आमूल परिवर्तन लेराउने कुरामा आफू विश्वस्त रहेको विद्यालयका प्राचार्य केशव प्रसाद सुवेदीले जानकारी दिनु भयो।कार्यक्रम कार्तिक २३ गते सम्म संचालन हुने छ।
थप जानकारीको लागि:सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) सानोपोखरा -५ अब्बलडाँडा,हेटौडा
सम्पर्क को लागि सम्पर्क नम्बर – ९८५१११२४७०,९८४५४६०८१०,९८४५१६५१५१