स्पेनको मालागा र पोर्चुगलको एफसी पोर्टो यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा

स्पेनको मालागा र पोर्चुगलको एफसी पोर्टो यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेका छन् । गएराती भएका खेलहरुमा अपराजित रहँदै मालागा र पोर्टोले प्रि क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।


 समुह ए को खेलमा युक्रेनको डाईनामो किभसँग बराबरी खेलेपछि पोर्टोले ४ खेलबाट १० अंक जोड्यो । यही समुहको अर्को खेलमा फ्रान्सको पेरीस सेन्ट जर्मेनले क्रोएशीयाको डाईनामो जाग्रेबलाई ४-० ले हरायो ।समुह बी को खेलमा ग्रिसको ओलम्पियाकोसले फ्रान्सको मोन्टपेलायलाई ३-१ ले हरायोभने इंग्लण्डको आर्सनल र जर्मनीको शाल्काले २-२ गोलको बराबरी खेले ।


यसैगरी समुह सी का खेलहरुमा स्पेनको मालागाले ईटालीको एसी मिलानलाई उसैको मैदानमा १-१ गोलको बराबरीमा रोक्दा बेल्जीयमको एन्डरलेच्टले रुसको जेनीथलाई १-० ले हरायो ।


च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न समह डी का खेलहरुमा इंग्लण्डको म्यान्चेस्टर सिटी र नेदरल्याण्डसको आयाक्स तथा स्पेनको रियाल मड्रिड र जर्मनीको बोरुसीया डर्टमण्डले २-२ गोलको बराबरी खेलेका छन् । यो समुहबाट चारवटै टोलीको प्रि क्वाटरफाईनल पुग्ने संभावना जिवित छ ।

 

– Agencies