रेस्लर भगवती खडका (युनिका) र अमेरिकाकी द ग्रेट चेन्ने आल्माका वीच, मेरिकाका द ग्रेटनेस टिम मेम्वर द ग्रेट माल्लाकी र जापानका युसुके उदेका वीच पनि प्रतिष्पर्धा हुने भएको छ ।
त्यस्तै नेपाली खेलाडी महेश्वर काञ्जु र नर्सङ गोपालीका वीच पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा अमेरिकी महिला रेस्लर द ग्रेट चेन्ने आल्माले नेपाली रेस्लर द हिमालय टाईगर र अस्ट्रेलियन सुपर स्टार हार्टली ज्याकोसंग समेत एकल प्रतिष्पर्धा गर्ने भएकी छिन ।
प्रतियोगिताबारे जानकारी गराउन आज वुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन खेलकुद संघका अध्यक्ष पृथ्वी थापाले यसले नेपालको खेल पर्यटनमा बढवा दिने बताउनु भयो ।
प्रतियोगितामा जिरोवान रेस्लिङ कम्पनीका मालिक योसियुकी नाकामुरा प्रमुख रेफ्री र नेपालकी सुनिता थापा सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने छन ।
सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्ष २०१२ लाई सफल पार्न यस्तो प्रतियोगिता यस क्षेत्रमा पहिलोपटक गर्न लागिएको आयोजकले वताएका छन ।
प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैया खर्च लाग्ने र त्यसको व्यवस्थापन टिकट शुल्क र प्रायोजकहरुवाट संकलन गरिने आयोजकले जनाएका छन । प्रतियोगिता अवलोकन गर्नका लागि ५ हजार, ३ हजार, १ हजार, ५ सय, ३ सय र बिद्यार्थीका लागि २ सय मूल्यका टिकट कायम गरिएको छ ।
वुटवलको प्रतियोगितामा करिव १५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन । ५४ वर्षीय नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेस्लर दि हिमालयन टाईगरले रेस्लिङ महाभिडन्तको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
प्रतियोगितामा हास्यकलाकार मनोज गजुरेलले कार्यक्रम सञ्चालन गर्ने र गीतकार जीवन शर्माले दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नुहुने कार्यक्रम तय भएको संघका महासचिव हिमाल खनालले बताउनु भयो ।