– कृष्ण खनाल
बुटबल अनुसासनको लागि खेलकुद भन्ने मुल नाराका साथ युवा संघ नेपाल पर्रोहा गाउ कमिटिको आयोजनामा फुटवल प्रतियोगितामा हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल सैनामैना उच्चमाविको खेल मैदान र समापन खेल पर्रोहा उमाविको खेल मैदानमा हुने जनाइएको छ ।
यहि मंसिर ३ गतेबाट सुरुहुुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रुपैया र उपविजेताले ३० हजार रुपैया पाउने जनाइएको छ ।
प्रतियोगिताको लागि सहभागि टिमले २ हजार रुपैया ईन्ट फि लाग्ने आयोजक युवा संघ नेपाल पर्रोहा गाउ कमिटिका अध्यक्ष टिका खरेलले जानकारी दिए ।