रुपन्देहीको सालझण्डीमा गाबिस स्तरिय महायज्ञ उपसमिति गठन

कृष्ण खनाल

 

बुटवल । नेपाल सामुदायिक योग तथा प्रकृतिक चिकित्साको सैना मैना चारपालामा हुन लागेको महायज्ञको तयारीका लागि रुपन्देहीको सालझण्डीमा आज गाबिस स्तरिय महायज्ञ उपसमिति गठन गरिएको छ ।

 

प्र्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणार्थ मंसिर २२ देखि ३० गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान एवं धन धान्याञ्चलमा यज्ञ सम्पन्न गर्नको लागि ईन्द्र जिसिको संयोजकत्वमा  ५ सय १ सदस्य उपसमिति गठन गरिएको हो  । जस्को सहसंयोजकमा टीकाराम पाण्डे,सचिबमा होमनाथ भट्टराई रहनुभएको छ ।

 

सो अबसरमा प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई तथा यज्ञमूल सम्पादन समितिका अध्यक्ष विष्णु कार्की,गोबिन्द लम्साल,रत्न बहादुर पौडेल,पूर्व गाबिस सचिब मिन प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । ३ सय सैयाको अस्पताल निमार्णका लागि महायज्ञ आयोजना गर्न लागेको हो ।