नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजबाट सुरु

काठमाडौं  । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाइने तिहारको पहिलो दिन आज साँझ दैलोमा यमराजलाई स्मरण गरी दीपदान गरिन्छ ।

 

भोलि घरघरमा कागको पूजा गरी काग तिहार मनाइन्छ । पर्सी २८ गते नरक चतुर्दशी र कुकुर तिहार मनाइन्छ ।

 

त्यसै दिन औशी पनि परेकाले धनकी देवी लक्ष्मीको पूजा आराधना तथा दीपावली गर्नु उत्तम हुने पञ्चांग निर्णयक समितिले जनाएको छ । यस रात्रिलाई सुखरात्रिका नामले पनि चिनिन्छ । लक्ष्मीपूजा र गोवद्र्धन पूजाका दिन केटाकेटी तथा युवायुवती घरघरमा गई देउसी, भैलो खेल्ने गर्दछन् ।


कात्तिक २९ गते बुधबार कात्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई