स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएसँगै मेस्सीले पेलेको कीर्तिमान भङ्ग गरे

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएसँगै लियोनल मेस्सीले पेलेको कीर्तिमान भङ्ग गरेका छन् । लिग लिडर बार्सिलोनाले रियाल मर्योकालाई उसैको मैदानमा ४-२ ले हरायो । बार्सिलोनाको जितमा स्टार लियोनल मेस्सीले २ तथा जाभि र क्रिश्चियन टेलोले १-१ गोल गरे ।

 

 रियाल मर्योकाबिरुद्ध दुई गोल गरेपछि एक बर्षमा ७६ गोल गरेर मेस्सीले ब्राजिलियन हस्ती पेलेको कीर्तिमान पनि भङ्ग गरे । एक बर्षमा मेस्सीले बार्सिलोनाका लागि ६४ तथा आफ्नो देश अर्जेन्टिनाका लागि १२ गोल गरी जम्मा ५९ खेलमा कुल ७६ गोल गरेका छन् ।

 

यसअघि पेलेले १९५८ मा ब्राजिलियन क्लव सान्तोस र आफ्नो देश ब्राजिलका लागि गरि ५३ खेलमा कुल ७५ गोल गरेका थिए । एक बर्षमा सर्वाधिक गोल गर्नेको सूचीमा भने मेस्सी दोस्रो स्थानमा आउँछन् । शिर्ष स्थानमा जर्मन क्लव बार्यन म्युनिखका खेलाडी गर्ड मुलर रहेका छन् । मुलरले सन् १९७२ मा देश र क्लवका लागि गरि कुल ६० खेलमा ८५ गोल गरेर यो कीर्तिमान बनाएका थिए । जितपछि बार्सिलोना ११ खेलबाट ३१ अंक सहित लिग तालिकाको शिर्ष स्थानमा कायमै छ । ला लिगाकै अर्को खेलमा रियाल मड्रिडले लेभान्तेलाई २-१ ले निराश पा-यो ।

 

 

यसैगरी, एटलेटिको मड्रिडले गेटाफेलाई २-० ले हरायो । लिग तालिकको दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले ११ खेलबाट २८ अंक जोडेको छ भने साविक विजेता रियाल मड्रिडले समान ११ खेलबाट २३ अंक बटुल्दै तेस्रो स्थानमा छ ।

 

– Agencies