तेक्वान्दो प्रतियोगितामा -कृष कार्की प्रथम स्थान


 

– विजय थापा
भर्जिनिया, सयुक्त राज्य अमेरिका

 

अमेरिका – यहि नोवेम्बर 10 तारिख ,2012 मा आयोजित सयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित लि  ब्रदर्स कप  प्रतियोगितामा भर्जिनियाबाट प्रतिनिधि गर्नु हुने कृष कार्की प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन्  l

 

उनि त्यहाँ संचालित उक्त प्रतियोगिताको तीन वर्ग खेल(पूम्से ,ब्रेकींग र स्पारिंग ) मा उत्कृष्ठ प्रदर्शन प्रस्तुत गर्दै उक्त स्थान हासिल गरेकी हुन् l

 

 लि  ब्रदर्स कप  प्रतियोगिता सयक्त राज्य अमेरिका पूर्वीय क्षेत्रको कै एक बृहत प्रतियोगिता हो भने उक्त प्रतियोगितामा देश र विदेश गरि 600 जना प्रतिस्पर्धीहरु सहभागी भएका थिए l

 

पोर्टल्याण्ड  ,ओरेगन अमेरिकामा ,गत अक्टोबर 27-28 ,2012 मा सम्पन्न 9 औ अन्तरराष्ट्रिय मैत्रीपूर्ण  तेक्वान्दो प्रतियोगितामा कृष कार्कीले आफ्नो वजनको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी थिईन l