भाइटीकाको साईत आज मध्यान्न ११ बजेर २३ मिनेटमा उत्तम

भाइटीकाको उत्तम साईत ११:२३ काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज भाइटीकाको साईत मध्यान्न ११ बजेर २३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिले आज (बिहीबार) ११ बजेर २३ मिनेटलाई टीकाको उत्तम साईत भनेको हो । तथापी आज दिनभर टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।


यम त्रितीया समेत भनिने भाईटीकामा यमराज, यमुना, नवग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ ।



यसदिन दिदीबहिनीले दाजुभाईलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायुको कामना गर्दछन् । यसदिन यमराज पनि आफ्ना दूतहरुका साथ बहिनी यमुनाकोमा टीका लगाउन जाने भएकाले कालको डर नहुने बताइन्छ ।


यसदिन दाजुभाइ