दिदीबहिनी नहुनेको टीका थाप्नेहरुको रानीपोखरीमा घुईचो

काठमाडौं । वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्ने रत्नपार्कस्थित रानीपोखरीको यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा दिदीबहिनीबाट टीका थाप्नेहरुको घुईचो लागेको छ । रानीपोखरीको बीचमा रहेको बालगोपाल मन्दिरमा गई आफ्नै दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाई नहुने दिदीबहिनीहरुले सामुहिक रुपमा टीका लगाउने क्रम विहानैदेखि शुरु भएको हो ।


आफ्ना दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिरमा भेला भएका दिदीबहिनीको हातबाट टीका लगाउने गर्छन् । दाजुभाईहरुले टीका लगाई आफ्नो गच्छेअनुसारको दक्षिणा पनि दिने गर्छन् ।


दिदीबहिनीहरुबाट भने मिठो मिठो खानेकुरा दिने चलन छ । प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर आज दिनभर खुल्ला रहने छ ।

 

– RSS