
पाँचौं दिन वेष्ट इण्डिजले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेशले सबै विकेट १ सय ६७ रनमा गुमायो । पहिलो इनिङ्गमा शान्दार ५ सय ५६ रन बनाएको घरेलु टोली बंगलादेशका कोही पनि ब्याटस्म्यान दोस्रो इनिङ्गमा जम्न सकेनन् । पराजित टोलीका मोहम्मदुल्लाले सर्वाधिक २९ रन बनाए ।
विजेता टोली वेष्ट इण्डिजका लागि भिरासामी पर्माउलले ३ तथा रवि रामपालले २ विकेट लिए । पहिलो इनिङ्गमा वेष्ट इण्डिजले ४ विकेटको नोक्सानीमा ५ सय २७ रन बनाउँदै इनिङ्ग समाप्तीको घोषणा गरेको थियो ।



