जनकपुर । मिथिलाञ्चल लगायत देशका विभिन्न भागमा छव पर्व मनाईएको छ । मध्य तराईका जिल्लाहरुमा विशेष महत्वका साथ मनाइने छठको मुख्य दिन आज विहान उदाउंदोसुर्यलाई अर्घ दिएर पर्व मनाईएके हो । मूख्य रुपमा सूर्यदेव र षष्ठीमाताको पूजा गरिने यस पर्वको चौथो दिन आज विभिन्न तलाऊ तथा नदी किनारबाट उदाँउदै गरेको सूर्यलाई अर्घ चढाउनुका साथै सूर्य र षष्ठी माताको पूजा आराधना गरिएको छ । यस अवसरमा ठेकुवा, भुसुवा, केरा, नरिवल, फलफूल सहितका प्रसाद अर्पण गरिन्छ ।
चार दिन सम्म मनाइने यस पर्वको तेस्रो दिन हिजो तलाऊ तथा नदी किनारबाट अस्ताउँदो सूर्य र छठी मैयाँलाई अर्घ दिनुका साथै पूजाआराधना गरिएको थियो । साथै ठेकुवा, घोसुवा, केरा र नरिवलको प्रसाद अर्पण पनि गरियो । राजधानीका रानी पोखरी, कमल पोखरीका साथै बाग्मती नदीका किनारमा छठ पर्व मनाउने श्रद्धालुहरुकोे घुँइचो लागेको छ । यी स्थानहरुलाई भब्य रुपमा सजाईएको छ । राष्ट्रपति डा. रामवरण यादव पनि राजधानीको रानीपोखरीमा आयोजित छठ पर्वमा सहभागी भई पूजाआराधना गर्नुभयो ।



