मंसिरको पहिलो मंगलवार थानीमाईको मन्दीरमा भक्तजनको घुईचो


 

तनहुँ(बसन्तपुर) मंसिर ५ गते । गण्डकी अन्चल तनहुँ जिल्ला डुम्रे बजार बाट उत्तर पट्टी लम्जुङ जाने हाईवे रोड सगै करिब १५ कि मी पिच र ८ किमी कच्ची सडक पार गर्दै पुगीने श्री थानीमाई मन्दिर, थानीमाई नाम बाट अपरम्पार नाम कमाउन सफल तथा गण्डिकी अन्चलमा नै प्रख्यत धार्मीक स्थल वसन्तपुर स्थित थानीमाईको मन्दिरमा कार्तिक महिनाको अन्त्य भए लगतै मंसिर महिनाको पहिलो मंगलबार आज भक्तजनहरुको घुईचो लागेको छ ।

सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवार थानीमाईलाई डोली चडाउन ल्याउने र अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गरेका छन । प्राय अहिल्य भने थानीमाईको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ गोरखा, धादिङ चित्तवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरु आईरहेका छन ।


विभिन्न ठाउबाट आएका भक्त जनहरुबाट आज थानीमाईको मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्का शिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले बसन्तपुर छुटै रौनक वनेको छ । ।


हिजो सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्गेको थियो । साथै नाचगान गरि भजन गाउदै रात उनै थानीमाईको काखमा विताएका थिए । हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब भन्ने चलन राखिएना सबै खुल्ला जस्तै थियो ।


हाल मन्दिरको प्राकृतिक भूस्थिती ज्यादै दयनि छ हाल आएर चारैतर्फ भिरालो भएको ठाउामा पुरा पक्का सिमेन्टलगाई तलबाट नै निर्माण गरि ल्याईको ढलान बाट उक्त ठाउलाई पैरो बाटजोगाउने कोसिस गरिएको उक्त मन्दिरमा दर्शन गर्न जाने जो कोईले बताउछन ।


थकाई मेटाउनको लागि र आफ्नो सामन सुरक्षितको लागी विभिन्न संघसस्था अनि गाउहरुले केही आर्थीक रकम संकलन गरि मन्दिर वारिपरि ६/७ वाट पाटि पौवाहरुको बनाएका छन । उचाईमा भएको र आज धेरै भक्तजनहरुको आगमनले उक्त ठाउमा पानिको भने केही समस्या देखिएको पाईन्छ ।


अलि कति केही दुखको कुरा जतातै हरियाली देखीने बसन्तपुर गाउको एउटा रमणीय स्थल थानीमाई आस्थाको धरोहर धार्मीक तथा प्रचुरमात्रामापर्यटक भित्राउने संभावना बोकेको स्थलमा सरकारको पनि धान जान जरुर देखिन्छ ।


यसै गरि तनहुँको आवुखैरेनी ६ स्थित डाडाटोलमा तिहारका बेला जुवा, तास र कौडा खेलिरहेका जुवाडेहरुलाई प्रहरीले छापा मारी जुवाडेहरुसंग जफत गरेको १ लाख ९ हजार रुपैया विभिन्न सामाजिक कार्यमा खर्च गरिएको स्थानीया राम बहादु धामीले जानकारी दिएका छन । इलाका प्रहरी कार्यालय आवुखैरेनीबाट खटिएको प्रहरीको एक टोलिले विशेष सुकारीको आधारमा छापा मारी जुवाडेहरुसंग त्यो रकम जफत गरेको हो । इलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रहरी निरीक्षक लेम प्रसाद सेनका अनुसार मन्दिर बनाउन, धर्मशाला बनाउन, टोल सुधार, सडक दुर्घटना हुने ठाउमा होर्डिङ बोर्ड राख्नेलगायतका काम गरिएको छ ।


यसै गरि तनहूँकै रुपाकोट