काठमाडौं । कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते भएका छन् । घाइते मध्ये पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत ३४ वर्षीय बुद्धि गुरुङ्गको अवस्था चिन्ताजनक छ ।
अन्य घाइतेहरुलाई भने सामान्य उपचारपछि कारागार फर्काइएको छ । कारागारका नाईके चन्द्रबहादुर गुरुङ पक्षधर र उनका विरोधी कैदीहरुबीच झडप भएको हो ।
घटनाबारे छानविन गर्न कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।



