राप्ती अञ्चलको प्रसिद्ध धार्मिकस्थल रुकुमको डिग्रे साईकुमारी मन्दिरमा भव्य मेला

रुकुम । राप्ती अञ्चलको प्रसिद्ध धार्मिकस्थल रुकुमको डिग्रे साईकुमारी मन्दिरमा भव्य मेला लागेको छ । हरिबोधनी एकादशीदेखि शुरु भएको मेला पूर्णिमासम्म चल्नेछ ।

 

मन्दिरमा होम, विवाह, सिद्ध पुजालगायतका कर्मकाण्ड गर्न भक्तजनहरुको मंसिर महिनाभर भिड लाग्ने गर्दछ । मन्दिरमा दर्शन गर्न रकुमलगायत छिमेकी जिल्ला रोल्पा, जाजरकोट, प्युठान, बाग्लुङ, डोल्पालगायतका जिल्लाबाट भक्तजन रुकुम पुगेका छन् ।

 

मन्दिरको दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । मेलाको अन्तिम दिन जिल्लामा लोप हुन लागेको सारङगी नाच, मयुर नाच, सिगारु टप्पा प्रस्तुत गर्ने चलन छ । खलंगा गाउं विकास समितिको वडा नम्बर ४ थर्पुमा लागेको सो मेलामा जाने भक्तजनले गर्दा सदरमुकाममा समेत चहल पहल बढेको छ ।

 

– RSS