बार्सिलोना, एटलेटिको म्याड्रिड र भ्यालेन्सिया स्पेनिस घरेलु फुटबल कोपा देल रेको प्रिक्वाटरफाइलनमा प्रवेश

दावेदार क्लव बार्सिलोना, एटलेटिको मड्रिड र भ्यालेन्सिया स्पेनिस घरेलु फुटबल कोपा देल रे अर्थात किङ्गस कपको प्रिक्वाटरफाइलनमा प्रवेश गरेका छन् । चौथो चरणको खेलमा डिपोर्टिभो अलाभेसमाथि समग्रमा ६-१ को जित दर्ता गराउँदै बार्सिलोना प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।


यसैगरी, एट्लेटिको मड्रिडले समग्रमा रियाल जाएनलाई ४-० ले पाखा लगाउँदा भ्यालेन्सियाले लागोस्टेरालाई ५-१ ले हरायो । यसअघि भएको खेलमा विजयी हुँदै रियाल मड्रिड, अल्मेरिया, मालागा, लेभान्ते, ओसासुना, सेभिया र गेटाफे पनि अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

 

– Agencies