द हिमालयन चेस क्लबको आयोजनामा यही मंसिर २२ र २३ गते राहुल अग्रवालस्मृति अन्तरस्कुल रेपिड चेस प्रतियोगिता हुने भएको छ ।
स्वीस लिग ६ राउण्डको खेल राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरस्थित खेलमण्डल समिक्षालयमा संचालन हुनेछ ।
प्रतियोगिताका विजेताले आकर्ष चेस ट्रफिका साथ शिर्षपाँच खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । स्कुलस्तरमा रेटिङ्गसहित पहिलो पटक हुन लागेको यस प्रतियोगितामा बढीमा ३२ जना खेलाडीहरु खेल्नेछन् ।
यसैगरी प्रतियोगितालाई नेपाली चेसका जिउँदो इतिहास सीताराम अग्रवालले नातीको नाममा प्रायोजन गर्नु भएको छ ।