– कृष्ण खनाल
बुटवल, मंसिर१६ – बहुउदेश्यीय लक्ष्यका साथ क्षत्री समाज नेपाल रुपन्देहीले गर्न लागेको धन धान्याञ्चल महायज्ञ सम्पन्न गर्नका लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
पुस २० गतेदेखि २८ गतेसम्म बुटवलको बुटवल मण्डपमा हुने महायज्ञको प्रमुख वाचक शिरोमणि दिनवन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
सोहीविषयमा शनिबार बुटवलमा अयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सहभागिहरुले जातिय सद्भाव कायम गर्दै सामाजिक सेवाको भावनाका साथ गर्न लागेको महायज्ञका लागि रचनात्मक सहयोग रहने बताएका हुन् । सो अवसरमा बोल्दै समाजका केन्द्रिय महासचिव कुमार खड्काले समाजिक सेवाको भावनाले गर्न लागिएको महायज्ञ सफल बनाउनका लागि सहयोग गर्न सबे संघ संस्था र स्थानियबासीसंग आग्रह गर्नु भयो ।
समाजका जिल्ल अध्यक्ष लेख वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघका अध्यक्ष गणेशमान शैजु,बाबा योगिराज,शंकटमोचन धामका अशोक बर्मा,होटल व्यवसायी संघका महासचिव समुन्द्र जिसी,ब्राहमण समाजका केन्द्रिय सदस्य लोकनाथ पाण्डे, पण्डित गुणानिधी पन्थि,दिनेश रावल,विष्णु वहादुर कार्की,नुमा थापा,गुप्त वहादुर केसी,लिल वहादुर क्षत्री लगायतले बोल्दै महायज्ञ सबैको हितका लागि भएकोले सहयोगका लागि आग्रह गरेका थिए ।