पहिलोपटक नेपालमा कन्सर्ट गर्न आएका पाकिस्तानी गायक आतिफ असलामलाई नेपाली फ्यानहरूको प्रेम प्रस्ताव



– मधु शाही, कान्तिपुर

 

काठमाडौ – – ‘आतिफ, आई लभ यू’ साँझ जति छिप्पिँदै जान्थ्यो, उति-उति युवतीहरू यसरी चिच्याउँथे । पहिलोपटक नेपालमा कन्सर्ट गर्न आएका पाकिस्तानी गायक आतिफ असलामलाई नेपाली फ्यानले दुई घन्टा यसरी साथ दिए । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आतिफ पनि उत्तिकै खुलिरहेका थिए, थुप्रै प्रेम प्रस्तावहरू छिचोल्दै उनले एक दर्जन गीत गाए । फुटबलको हुटिङलाई बिर्साउने युवतीहरूको आवाजले चिसो मौसममा रंगशालालाई रोमाञ्चक तुल्याएको थियो । उपेन्द्र एन्ड प|mेन्डस् ब्यान्डले पाँच बजेदेखि विभिन्न नेपाली लोक धुन बजाएर आतिफका फ्यानलाई अलमलाउने प्रयास गरे पनि दर्शकदीर्घामा बसेका सयांैं युवतीहरू तिनै २९ वषर्ीय रकस्टारको खोजी गरिरहेका थिए ।

 

करिब एक घन्टाको पर्खाइपछि चाहना पूरा भयो, जब उद्घोषकले आतिफ आउँदै गरेको सूचना दिँदादिँदैं झुक्याएर आतिफ सीधै स्टेज पुगे । कलेजी टि-र्सटमा खैरो ज्याकेट, कलेजी रंगकै गलबन्दी र खैरो रंगको चुज पेन्ट लगाएका उनी कालो चस्मामा निकै खुलेका थिए । दौडेर सीधै स्टजेको माइक समाउँदै उनी केही नबोली गीत गाउन थाले- ‘हंगामी हलाल…’ तर पहिलो गीतप्रति दर्शकले उतिसारो चासो दिएको जस्तो लागेन । हुटिङ जारी नै रह्यो- ‘आतिफ, आतिफ ।’ कहिले मोटो र घरी मसिनो स्वरमा खित्का छोडेर हाँस्दै उनले पहिलो गीत बिट मारे अनि सुरु गरे ‘दूरी सही जायेना…।’ यो गीत सुरु गरेपछि भने माहौल तात्यो । हुटिङ गरिरहेकाहरू पनि उनीसँगै गाउन थाले । दुई गीत सकाएपछि उनले अलिक गर्मी महसुस गरे । घाँटीमा बेरेको गलबन्दी फुकालेर उनी गितार सहित देखिए, ‘सचकी तलास…’, ‘ऐ जिन्दगी गले लगाले…’, ‘माहिवे…’ बोलका तीन गीत लगातार गाए । सिलिक्क परेका ‘चकलेटी’ उनले मन्द मुस्कानमा हाँस्दा दर्शकदीर्घामा बसेका युवतीहरूको आवाज झनै चर्किन्थ्यो- ‘लभ्ली स्माइल आतिफ ।’ प्रशंसाले आतिफ पनि निकै हौसिएका देखिन्थ्ो । त्यसपछिको उनको प्रस्तुतिमा निकै उतारचढाव आउन थाल्यो । स्टेजबीच मात्रै केन्दि्रत उनी विस्तारै चारैतिफ फैलिन थाले ।

 

स्टेजको डिलमा उभिएर दुई औंलाले दर्शकको संख्या औंल्याउने, हावामा उडेजस्तो हात फैलाउने र कहिले घुमीघुमी नाच्नाले दर्शकले विविधताको महसुस गरे । आतिफको गीतभन्दा पनि उनको प्रस्तुतिले दर्शक दंग परेका थिए । युवती फ्यानका धनी मानिने आतिफले कन्र्सटमा पनि त्यस्तै महसुस गराए । उनी धेरै युवती दर्शकतिर केन्दि्रत थिए । ‘सबैभन्दा राम्री केटी को छ यहाँ ?’ स्टेज तलका युवती नियाल्दै उनले सोधे । ‘म छु’ भन्ने सयौंंं स्वरहरू सुनिए, आफूतिर ध्यान केन्दि्रत गराउन युवतीहरू मोबाइलको लाइटको साहारा लिन्थे । यसपछि युवतीकै लागि भनेर उनले ‘तेरा होने लगाहँू…’ गाए । यत्तिकैमा स्टज तल ओर्लेर उनले एक नेपाली युवती फ्यानलाई अंगालो पनि मार्न भ्याए । थोरैको संख्या उपस्थित केटा फ्यानहरू भने असन्तुष्ट देखिन्थ्ो । पहिलेदेखि नेपाल आउने रहर पूरा भएकोमा आतिफचाहिँ निकै खुसी देखिन्थे ।

 

उनले ‘हम किस गली जा रहे हंे…’, ‘ओ मेरे खुदा…’ना जाने कबसे…’, ‘होना था प्यार…’, ‘ओ जाने जा…’, ‘गुलावी आँखे…’ लगायत एक दर्जन गीत गाए । उनीसँगै आएका ६ संगीतकर्मीको टोलीले साथ दिए पनि साउन्ड सिस्टमका कारण आवाज स्पष्ट सुनिएको थिएन ।