
काठमाडौं । कर्णप्रिय स्वरका धनी स्वर्गीय गायक नारायण गोपालको २२ औं स्मृति दिवस आज मनाईदै छ ।
उहांको स्मृतिमा आज सांगितकर्मीहरुले स्मृति सभा, श्रष्टा सम्मानलगायतका कार्यक्रमहरु गर्दैछन् ।
बिक्रम सम्वत १९९६ मा काठमाडौको किलागलमा जन्मनु भएका नारायण गोपाल गूर्वाचार्यको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । गायक गोपालको स्मृतिमा हरेक वर्ष मंसिर १९ मा संझना गर्दै आएका छन् ।
महाराजगञ्जस्थित नारायण गोपालको शालिक नजिकै आज स्मृति सभा हुंदैछ ।
नारायणगोपालले झण्डै ५ सय नेपाली गीतमा आफ्नो स्वर दिनुभएको थियो । उहांका मलाई नसोध कहां दुख्छ घाउ, दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिए, एउटा मान्छेको मायाले लगायतका गीतहरु निकैै लोकप्रिय छन् ।
– RSS