केही समयअघि टपलेस फोटो सार्वजनिक भए लगत्तै बेलायती राजकुमारी केड मिडलटन विश्वभरका सञ्चारमाध्यममा छाएकी थिइन् । बेलायती शाही परिवार त्यसैपनि विश्वभरका लागि चासोको विषय रहँदै आएको छ ।
हालैका दिनमा पनि बेलायती राजकुमार विलियमकी पत्नी केट विशेष चर्चामा छिन् । केट हाल गर्भवती भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । गर्भावस्थामा हुने समस्याका कारण बेलायती राजपरिवारकी बुहारी केट अस्पताल भर्ना भएकी हुन् ।
केट अहिले १२ हप्ताको गर्भवती भएको जनाइएको छ भने उनलाई किंग एडवर्ड सेभेन्थ अस्पतालमा भर्ना गरिएको उल्लेख गरिएको छ । उनी अस्पताल भर्ना भएको दोस्रो दिन भएको छ भने केही दिन केटको अस्पतालमै उपचार हुने बताइएको छ ।
बेलायती राजकुमारी केटको शरीरमा पानीको मात्रा कम देखिएको छ । केटको उचारका समयमा उनका पति तथा राजकुमार विलियम पनि अस्पतालमा रहेको जनाइएको छ । विलियम र केटको सन्तानका रुपमा जन्मिने छोरा



