काठमाडौं । नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोइरालाको बिहीबार हुने भनिएको पेटको क्यान्सरको अप्रेशन १० डिसेम्बरमा हुने भएको छ । यसअघि मनिषाको अप्रेशन बिहीबार हुने उनका प्रबन्धक सुब्रतो घोषले बताएको भारतीय समाचार एजेन्सीहरुले जनाएका थिए ।
तर, केही परीक्षणपछि चिकित्सकहरुले बिहीबारको अप्रेशन स्थगितगरी मनिषाको अप्रेशन सोमबार गर्ने निर्णय गरेको घोषले जानकारी दिएको जनाइएको छ । मनिषाको अप्रेशन अमेरिकाको न्यूर्योकस्थित अस्पतालमा हुन लागेको हो ।
मनिषाले आफ्नो रोगको बारेमा जानकारी पाएर आफू दुःखी भएको उल्लेख गरेकी छिन् । उनले बिहीबार फेसबुक स्टाटस लेख्दै आफू छिट्टै स्वस्थ्य हुने समेत विश्वास व्यक्त गरेकी जनाइएको छ ।
साथै मनिषाले आफ्नो स्वास्थ्यलाभको लागि कामना गर्नेहरुप्रति पनि धन्यवाद व्यक्त गरेकी छिन् । ४२ वर्षीया अभिनेत्री मनिषाको पेटमा समस्या आएपछि नेपालबाट उपचारका लागि दिल्ली पुगेकी थिइन् । त्यहाँबाट थप उपचारका लागि उनी अमेरिका गएकी हुन् ।



