
दाम्पत्य जीवन जति रसिलो, कसिलो र विश्वासिलो बन्नुपर्ने हो त्यति बन्न नसकी वैवाहिक जीवनमा बैमनस्यता बढ्दै जाँदा दाम्पत्य जीवनभित्रको सम्बन्ध टाढिँदै घर, परिवार, समाज हुँदै, प्रहरी र अदालतसम्म पुगेर सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुने गरेको छ ।
म्याग्दी जिल्ला अदालतमा पछिल्लो तीन वर्षको तथ्याङ्कले बर्सेनि सम्बन्ध विच्छेद गर्नेहरूको सङ्ख्या बढ्दो क्रममा देखाएको जिल्ला अदालतका शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए ।
केही वर्ष अगाडिसम्म न्यून मात्रामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने म्याग्दी जिल्ला अदालतमा आर्थिक वर्ष २०६६



