काठमाडौं । अभिनेत्री मनीषा कोइरालाको पाठेघरको शल्यक्रिरया सम्पन्न भएको छ ।
आज बिहान सवा दश बजे उनको शल्यक्रिया पूरा भएको बताइएको छ ।
अमेरिकाको म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा कोइरालाको शल्यक्रिया भएको थियो । शल्यक्रिया साढे ६ घण्टा भन्दा बढी चलेको थियो ।
न्युयोर्कमै नाम चलेको ओभोरियन क्यान्सर रोग बिशेषज्ञ ची, ले उनको सफलता पूर्वक सल्यक्रिया सम्पन्न गरेको बताइएको छ ।
– Agencies