राष्ट्रपतिले दिएको तेस्रो समयसीमा सकिने पूर्वसन्ध्यामा ए.माओवादी विपक्षीहरुसंगको वार्तामा थप लचक हुने
मंसिर २७ गते, २०६९ मा प्रकाशित
एउटा मुख्य विपक्षी नेकपा एमालेका अध्यक्षले सम्वादको सफलताको सम्भावना कम हुँदै गएको भनी पार्टीमा प्रतिवेदन बुझाएको लगत्तै एकीकृत माओवादीले विपक्षीहरुसंगको वार्तामा थप लचक हुने निर्णय गरेको छ।
लचिलोपनाको तहबारे स्पष्ट नखुलाइएपनि खासगरी सरकारको नेतृत्वबारेको विवादमा लचक भएर प्रस्तुत हुन पार्टीका शीर्ष नेताहरुलाई जिम्मा दिइएको संकेत प्रवक्ताले दिएका छन्।