काठमाडौं । नेकपा एमालेका केही केन्द्रीय सदस्यहरुले सहमतीय सरकारको नेतृत्वका लागि आफ्नो पार्टीले पनि दावी गर्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय कमिटिको जारी बैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरुले कांग्रेसको नेतृत्व स्वीकार्य भएको तर एकीकृत माओवादीले नस्विकारेको अबस्थामा एमोलेले आफ्नो दावी छाड्न नहुने तर्क गरेको पोलिटव्युरो सदस्य रघुजी पन्तले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुले निर्वाचनका लागि पार्टी पुर्ण रुपमा तयार हुनुपर्ने र एमाओवादी सहमतिमा नआए आन्दोलनका लागी समेत तयार हुनुपर्ने भनाइ राखेका थिए ।



