सन्धिखर्क अन्तर्राष्ट्रिय रेस्लीङ्ग महाभीडन्त: नयाँ भावना दैनिकको समाचार कपोकल्पित र झुठ्ठा समाचार भएको पर्यटन खेलकुद संघको दावी

-बिनोद गैरे 



नयाँ भावना राष्ट्रिय दैनिक वर्ष�७ अंङ्क ३, २०६९ मंसिर २३ गते शनिवारका दिनको पत्रिकाको हेडलाईनमा �पैसा नतिरेपछि अन्तर्राष्ट्रिय रेस्लर दिनभर होटलमा थुनिए� भन्ने समाचार प्रति अध्यक्ष पृथ्वी थापा द्वारा हस्ताक्षरित  प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पर्यटन खेलकुद संघले  आपत्ति प्रकट गरेको छ  । विज्ञप्तिमा भनिएको छ ।



हालै बुटवलमा सम्पन्न रेस्लीङ्गलाई जोडेर नयाँ भावना राष्ट्रिय दैनिक वर्ष�७ अंङ्क ३, २०६९ मंसिर २३ गते शनिवारका दिनको पत्रिकाको हेडलाईनमा �पैसा नतिरेपछि अन्तर्राष्ट्रिय रेस्लर दिनभर होटलमा थुनिए� भन्ने समाचार प्रति नेपाल पर्यटन खेलकुद संघ केन्द्रिय समितिको ध्यानाकर्षण भएको छ । नेपाल पर्यटन खेलकूद संघको आयोजनामा २०६९ मंसिर १६ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा �अन्तर्राष्ट्रिय रेस्लीङ्ग महाभीडन्त २०६९� भव्य रुपमा सम्पन्न भई मंसिर १९ गते बुटवलमा हुने कार्यक्रमलाई केहि वाह्य शक्ति तथा व्यक्तिहरुले हाम्रो आयोजक समितिको कुनै पनि सदस्यलाई समावेश नगरी रेस्लीङ्ग खेलमा हस्तक्षेप गरेको जानकारी गराउन चाहान्छु । 



उक्त पत्रिकामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय रेस्लीङ्ग महाभीडन्तमा दुई लाख नगद र बेल्ट विजेता भरत बहादुर बिसुराल �दी हिमालयन टाईगर�लाई होटलमा खाएको रु.८० हजार रुपैया हाम्रो नेपाल पर्यटन खेलकुद संघले  भुक्तानी नगर्दा मंसिर २१ गतेसम्म होटलमा थुनेर राखेको समाचार झुठ्ठा र कपोलकल्पित हो । अन्तर्राष्ट्रिय खेलाडीहरुलाई लिएर �दी हिमालयन टाईगर� मंसिर २० गते नै भेरहवाबाट बिहान ९ः३० वजे बुद्ध एयरलाइन्स मार्फत काठमाण्डौं गईसक्नुभएको र मंसिर २० गते नै जापानका अन्तर्राष्ट्रिय खेलाडीहरु सम्वन्धित देशतर्फ फर्किसक्नु भएको साथै अष्ट्रेलियाका र यु.एस्.ए का खेलाडीहरु पनि २१ गते आफ्नो देशमा फर्किसकेको पनि जानकारी गराउन चाहान्छु । 



स्मरण रहोस, हाम्रो आयोजक समितिलाई हस्तक्ष्ोप गरी खेल सञ्चालन गरेका केहि मानिसहरुलाई होटल वालाले आफ्नो रकम भुक्तानी मागेको कुरालाई अस्वीकार गर्न सकिदैन तर हामी के स्पष्ट गर्न चाहान्छौ भने  बुटवलमा भएको कार्यक्रममा हाम्रो कुनै पनि संलग्नता छैन । त्यसकारण सम्पूर्ण आयव्यय तथा लेनदेनको संबन्धमा हाम्रो कुनै जिम्मेवारी नभएको स्पष्ट गराउन चाहान्छु ।



अन्तमा नेपाल पर्यटन खेलकूद संघका बारेमा यस प्रकारका तथ्यहीन समाचार प्रति घोर आपत्ति प्रकट गर्दै उक्त झूठ्ठा समाचारको यसै वक्तव्य मार्फत खण्डन गर्दछु  र यस प्रकारका तथ्यहीन समाचार सम्प्रेशन नगर्न पनि सम्वन्धित पत्रिकालाई ध्यानाकर्षण गराउँछु ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।