ताप्लेजुङ, । ताप्लेजुङको चांगे दोभानमा आजदेखि पुसे मेला कृषि पर्यटन तथा संस्कृति महोत्सव सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत आज भलिबल प्रतियोगिता, तमोर नदीमा -याप्mटीङ, व्याडमिन्टन प्रतियोगिता र कृषि जडिबुटि तथा औद्योगिक प्रदर्शनी आयोजना हुँदैछ ।
मेलामा भोलीदेखि सांस्कृतिक कार्यक्रम सुरु हुनेछ । ताप्लेजुङको विशेषता र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालन गर्न लागिएको यस महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
कार्यक्रमलाई सफल बनाउन सुरक्षा व्यवस्था कडा बनाईएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । महोत्सबकै अवसर पारेर जिल्लाका ७ वटा सरकारी कार्यालयले शनिबारदेखि घुम्ति शिविर समेत सञ्चालन गरेका छन् ।
– RSS