सन् २०१२ को मिस युनिभर्सको उपाधी अमेरिकी सुन्दरी ओलविया कल्पोलाई

Miss USA, Olivia Culpo, is crowned Miss Universe in Las Vegas (AP/Julie Jacobson)

सन् २०१२ को मिस युनिभर्सको उपाधी अमेरिकी सुन्दरी ओलविया कल्पोले जितेकी छन् ।

 

अमेरिकाको लसभेगसमा भएको मिस युनिभर्स प्रतियोगितामा ८८ राष्ट्रका सुन्दरीलाई पछि पार्दै २० बर्षिया कल्पोले यो उपाधी चुमेकी हुन् ।

 

रोड्स आइल्याण्डबासी कल्पो सन् १९९७ मा ब्रक ली पछि मिस युनिभर्स बनेकी दोस्रो युवती हुन् ।

 

उपाधी जिते लगत्तै भावबिह्वल बनेकी उनले आफू मिस युनिभर्स हुनेमा बिस्वस्त नभए पनि निर्णायकको सही निर्णयका कारण आफू उपाधीको भागीदार बनेको बताएकी छन् ।

 

– Agencies